एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिने

|

ललितपुर : स्थानीय तह चुनावका लागि केन्द्रीय स्तरमा ५ दलीय गठबन्धन भनेपनि ललितपुरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन्।

६ वटा स्थानीय तहमध्ये गोदावरी, बाग्मती र महाङ्कालमा कांग्रेसले तथा कोन्ज्योसोम र महालक्ष्मीमा माओवादी केन्द्रले प्रमुख पद पाउने सहमति भएको हो।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री बीच यो सहमति भएको हो।

गोदावरी, बाग्मती र महाङ्कालको उपप्रमुखमा माओवादीलाई साथै कोन्ज्योसोम र महालक्ष्मीको उपप्रमुखमा कांग्रेसलाई दिने सहमति पनि उनीहरु बीच भएको हो।

ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्ता गठबन्धनमा सहमति भइसकेको छ।

कांग्रेस र माओवादीले मात्रै चुनावी तालमेल गरेकोमा नेकपा एकीकृत समाजवादीले विरोध जनाएको छ।

यसअघि गठबन्धनबाट पाउने भनिएको स्थानमा समेत आफूहरुलाई नसमेटेको भन्दै समाजवादीले असन्तुष्टी जनाएको हाे।

समाजवादीका ललितपुर सह इन्चार्ज अमृत तिमल्सिनाले कांग्रेस र माओवादीहरूले दम्भ देखाएको बताए।

उनले यसको प्रतिरोधमा आफूहरुले पनि ललितपुर महानगर बाहेका अन्य स्थानमा उम्मेदवारी दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.