|
फाइल फोटो

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो। 

०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए। महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए भने एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ३ सय १६ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए। 

माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत मात्रै ल्याउँदा स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए। यता, साविक बाबुराम नेतृत्वको नयाँ शक्तिका मदन महर्जनले ७ सय ७९ मत मात्र पाएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.