|

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको खुलेको छ।

पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको खुलेको हो।

उनीहरू दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन्। गठबन्धनको भागबण्डाअनुसार लम्कीचुहा नगरपालिका कांग्रेसको भागमा परेको थियो। 

मनोनयन दर्ताकै दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि विवाद पैदा भएको छ। यता, नगर कार्यसमितिले भने टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.