|

धनगढी : सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित भएकी थिइन्।

एमालेबाट चन्द र रानाले गरे मनोनयन दर्ता

नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।

चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.