|

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।

जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।

स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै धनकुटा नगरपालिकाको प्रमुख पदमा नगरपालिकाका निवर्तमान प्रमुख चिन्तन तामाङले नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

उपप्रमुखमा एमालेले भीमा खनालको उम्मेदवारी दिएको छ। धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीले गोपाल लिम्बू प्रमुखमा र सारकुमारी राई उपप्रमुखमा उम्मेदवारी दिएकाे छ।

राप्रपाबाट सुमिना तामाङले प्रमुखमा, राप्रपा नेपालबाट उपप्रमुखमा सुदिप सिजालीले उम्मेदवारी दिएका छन्।

यस्तै नगरपालिकामा स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले प्रमुखमा र सिताराम श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

यता पाख्रिबास नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादीका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन भने एमालेले भीम राईलाई प्रमुखमा र नम्रता देउजालाई उमप्रमुखमा उम्मेदवार बनाएको छ।

गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका गोपाल बराईलीले प्रमुखमा तथा सावित्रा घिमिरेले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

यस्तै महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ध्रुवराज राया र उपप्रमुखमा माओवादीका प्रेम खड्काले उम्मेदवारी दिएका छन।

एमालेले दीपक बुढाथोकीलाई प्रमुखमा र मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका खगेन्द्र सुवेदीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। 

सहिदभूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका भरतसिंह राई र उपाध्यक्षमा कांग्रेसका तोर्ण खड्काले उम्मेदवारी दिएका छन भने एमालेले मनोज राईलाई अध्यक्षमा र रत्नश्वरी राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका जेवी राईले अध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका छन् भने एमालेले शेर बहादुर लिम्बूलाई अध्यक्षमा र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीलाई  उम्मेदवारी दिएका छन्।

भने एमालेले कुमार जंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ।

राप्रपाबाट नगेन्द्र राईले मनोनयन दर्ता गराएका छन्।

चौविसे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलबहादुर मगर र उपाध्यक्षमा जनता समाजवादीकी दिवा चेमजोङले उम्मेदवारी दिएका छन् भने एमालेले राजकुमार चेम्जोङलाई अध्यक्षमा र टंकमाया मगरलाईउपाध्यक्षको उम्मेदवारी दिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.