|

काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ‘नेपालका लागि नेपाली पार्टी’ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आज पत्रकार सम्मेलन गर्दै पार्टीले स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ सार्वजनिक गरेको हो।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, निर्वाचन प्रणालीमा आमूल परिवर्तन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने, नागरिक तन्त्रसहितको राजतन्त्र, धर्मनिरपेक्षताको अन्त्य, संघीयताको खारेजी, समृद्ध नागरिक लगायतका मूल एजेण्डाहरु समावेश गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन मुलुकको भविष्यको लागि ज्यादै महत्वपूर्ण भएको बताए।

पछिल्लो समयमा धेरै पार्टीहरुले राजनीतिक सिद्धान्त र विचार छाडेको समेत उनले आरोप लगाए। सत्तामा पुग्नेमात्र दलहरूको सामूहिक उद्देश्य भएको उनको भनाई थियो।

लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड नै निर्वाचन हो भन्दै भण्डारीले चुनावका लागि गरिएको गठबन्धनले लोकतन्त्र परास्त गर्ने जिकिर गरे।

‘निर्वाचनमा मिलीजुली गर्ने, साँठगाँठ गर्ने, आफू जित्ने स्ट्राटेजी राख्नु भनेको निरंकुशता तर्फ जानु हो। त्यस्तो साँठगाँठले लोकतन्त्रको आत्मालाई समाप्त पार्छ, गठबन्धन गरेर दलहरुले लोकतन्त्र समाप्त पार्न खोजिरहेका छन्।’ 

उनले भने, ‘यो लोकतन्त्र विरोधी हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.