|

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका हुन्। ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद प्रकट गरे।

ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। 

उनले भने, ‘आचारसंहितालाई धज्जी उडाएर आफूखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लो स्तरबाट जसरी कुराकानी आइराख्या छन्। स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट त्यस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ र निर्वाचन आयोगलाई यस सम्बन्धमा हामी गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ।

एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.