|

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।

स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।

स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।

स्वास्थ्य चौकी काँक्री सम्म आउन धाै-धाै हुने २ नम्बर वडामा रहेको गाबाङ गाउँ र १ नम्बर वडामा रहेको रुजिखोला गाउँबासीका लागि ३/३ महिनाको अन्तरालमा एक दिन गाउँमै पुगी घुम्ती स्वास्थ्य शिविर सञ्चालन मार्फत सेवा दिइ राखिएको स्वास्थ्य चौकी काँक्रीका इञ्चार्ज तिलकबहादुर रोका मगरले बताए। 

स्वास्थ्य चौकी काँक्री देखि गाबाङ र रुजिखोला गाउँ टाढा रहेको छ। नागरिककै गाउँमै पुगी हरेक ३ महिना पछि महिनाको १२ गते गाबाङ र १० गते रुजिखोलामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गराइ राखिएको इञ्चार्ज रोकाले जानकारी दिए।

गएको महिनामा शिविर सञ्चालन गर्ने स्वास्थ्य चौकी काँक्रीको स्टाफ बैठकले निर्णय गरेको थियो। उक्त निर्णय अनुसार पहिलो पटक यही वैशाख महिनाको १० गते रुजिखोला र १२ गते गाबाङ गाउँमा शिविर सञ्चालन गरिएको छ।

गाउँ बासीबाट हरेक महिनामा शिविर सञ्चालन गर्नु पर्ने सुझाव आएकोमा त्यसको लागि स्वास्थ्य चौकीका स्टाफमा छलफल गरिने रोकाले बताए।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी घुम्ती शिविर सञ्चालनको अवधारणा लिइएको स्वास्थ्य चौकी काँक्रीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.