|

इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको छ ।

गएराति पुनेमा भएको खेलमा बैंगलोर १९ दशमलब ३ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएपछि राजस्थान २९ रनले विजयी भएको हो। छैटौँ जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। 

पहिले ब्याटिङ गरेको राजस्थानले बैंगलोर सामु १ सय ४५ रनको लक्ष्य पेश गरेको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन जोड्दा बानिन्दु हसरंगाले १८ रन बनाए। साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन बनाए। राजस्थानका कुलदीप सेनले ४, रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए। 

राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो। राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे। बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र बानिन्दु हसरंगाले २÷२ विकेट लिए।

जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.