|
फाइल फोटो

काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन्। 

पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई भरतपुर महानगरको भाग परेपछि चितवन कांग्रेस असन्तुष्ट छ। केन्द्रको निर्णयविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

गृहमन्त्री खाँणले काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘म भैरहवा जाने कार्यक्रम थियो। तर सभापतिज्यूले गठबन्धन बलियो बनाउन मलाई चितवन जानू भन्नुभयो। पार्टीका साथीहरूसँग छलफल गरेर सहमतिमै अगाडि बढ्छौँ।’

०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रलाई सघाएको भरतपुर महानगरमा अहिले पनि माओवादीकै भागमा परेका छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार तय गरेको छ। 

त्यसो त आज मात्रै बसेको शिर्ष नेताहरुको बैठकले पार्टीको निर्णय विपरितको उम्मेदवारलाई फिर्ता गर्न निर्देशन दिइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.