|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन्।

बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले कांग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गरे।

महामन्त्री थापाले  कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए।

महामन्त्री थापाले भने, ‘आरणीय साथीहरुलाई म आग्रह गर्न चाहन्छु मैले व्यक्तिका हिसाबले, राजनीतिकर्मीका हिसाबले उनीसँग मेरो कुनै गुनासो रहेन। तर मेयरको रुपमा हामीजस्तो जनप्रतिनिधिहरुले चाहेको प्रतिनिधि यस्तै हो। म काँग्रेसका कार्यकर्तालाई अबको ५ वर्ष काठमाडौं महानगरपालिकाको प्रमुख हामीसँग नहुँदै गर्दा हाम्रो अवस्था कस्तो हुँदो रहेछ भन्ने कुरा देखेर आएका छौँ। कागजमा मात्रै महिलालाई दोस्रो दर्जाको नागरिक होइन बराबर हो भनेर हुन्छ,  व्यवहारमा त्यो अधिकार प्रयोग गर्न आउँदै गर्दा होच्याउने हो? अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, छोडिदिनुहोस् यस पटक रुखमा हाल्नुहोस्। फेरि अर्कोपटक सूर्यमा हाल्नुहोला। लडाइँ घरभित्र पनि छ, महिलाको लडाइँ सजिलो छैन।’

महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.