|

काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ। बिहीबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो। आज सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।

वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश फुयालको इजलासले अधिकारीमाथि अनुसन्धान गर्न गठन गरेको छानबिन समितिको औचित्य पुष्टि गर्न माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.