|

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उनीविरुद्ध सरकारी जग्गा अपचलन सम्बन्धी उजुरी दर्ता गराएका थिए।

गाउँपालिकाका लागि व्यवस्थापन गरिएको जग्गा आफ्नो नाममा दर्ता गरेको र उक्त जग्गामा सरकारी लगानी गरेको भन्ने आरोप सहित उम्मेदवारी खारेजीको माग गर्दै कार्की र भण्डारीले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको उजुरीउपर दावी नपुग्ने देखिएकाले निर्वाचन अधिकृतको कार्यालयले खारेजी गरेको हो।

उजुरीउपर दावी नपुग्ने देखिएकाले स्थानीय निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.