|

काठमाडौं : युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले  शनिबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुविना र सीतालाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि सहभागी थिए। रुबिना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन्।

रुबिनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन्। प्रतियोगितामा ६ टोली सहभागी छन्। 

ती टोलीमा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन्। रुबिनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.