|

 काठमाडौं: निर्वाचन आयोगले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आचारसंहिता विपरीतका निर्वाचन सामग्री जफत गरेको छ।

आयोगका शाखा अधिकृत सुरज पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी आचारसंहिता विपरीतका पार्टीका झण्डासहित अन्य सामग्री जफत गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  शनिबार रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल र घण्टाघर क्षेत्रका स्थलगत अनुगमनबाट सार्वजनिक स्थलका ३०० झोला प्रचार सामग्री जफत गरिएको हो।

यसैगरी सो क्षेत्रका पसलमा राखिएका २०० थान क्याप, करिब १०० थान (२ बन्डल झोला, १० थान टिसर्ट र तीन ब्यानर) जफत गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

राजनीतिक दलका कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको सूचना पाएपछि आयोगले स्थलगत अनुगमन गरेको हो।

अनुगमन जारी रहने आयोगले जनाएको छ।

आयाेगकाे नियमित बुलेटिन 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.