|
वडा सदस्यमा निर्विरोध निर्वाचित मोतिकला विक ।

 बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका-५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।

उनका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरिसकेको छ।

निर्वाचित भएको प्रमाणपत्र भने सम्पूर्ण मतदान भइसकेर गणनापछि मात्रै प्रदान गरिने गिरीले बताए।

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन, नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनाव हुने भएको छ। गाउँपालिका अध्यक्षका लागि एक स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, राप्रपाबाट कृष्णबहादुर मल्ल र स्वतन्त्रबाट अञ्चल शाहीले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.