|

पर्सा :  जिल्ला प्रहरी कार्यलय पर्साले मोटरसाइकल चोरी गर्ने तीन जनालाइ नियन्त्रणमा लिएको छ।  

वीरगञ्ज महानगरपालिका १० रानीघाटका १८ वर्षका कुन्दन साह, ठोरी गाउँपालिका १ का २५ वर्षीय निरज सुनुवार र रौतहट राजदेवी नगरपालिका ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

एफजेड बाइक चोरी गरी भाग्दै गरेको अवस्थामा साह र सिंहलाई गएराती पक्राउ गरिएको हो।  सुनुवार भने आफ्नै घरमा त्रिपालले लुकाइराखेको स्प्लेण्डर मोटरसाइकल सहित पक्राउ परेका हुन्। 

उनीहरूको साथबाट ना. ६४ प ९६०० एफजेड र बा.प्र ०३ प ५३०४ सुपर स्प्लेण्डर नम्बरका २ वटा मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.