|

काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गर्दै  स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले सरकारको सो निर्णय कार्यान्वयन गर्न माग गरेको हो।   

सातामा २ दिन  बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने दबाबमुक्त अवस्थामा काम गर्न पाउने भएकाले राम्रो निर्णय भएको संघले जनाएको छ। अहिले हप्ताको ४२ घण्टा काम गर्दा डाक्टरहरूलाई बढी लोड भएको उल्लेख गर्दै दुई दिन बिदा दिँदा त्यो लोड कम हुने भएकाले त्यो स्वागतयोग्य काम भएको संघले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ- 

‘हप्ताको सातै दिन, दिनरात नभनी बिरामीको सेवामा खटिने चिकित्सकहरूले आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनु र बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले  नेपाल सरकारको यस निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नका लागि सहयोग पुग्ने विश्वास यो संघले लिएको छ।' 

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि सातामा २ दिन बिदा दिने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.