|

काठमाडौं : करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ। 

यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।  निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। 

सूचना जारी गरेर परीक्षाको मिति सार्वजनिक गरेका थियो। निर्वाचनका कारण रोकिएको विभागको भनाइ छ।  यसपटक कुल परीक्षार्थीहरू ४४ हजार ८ सय ५३ रहेका छन्। 

विभागले ३०  फागुनमा शाखाले परीक्षार्थीका लागि आवेदन भर्न आव्हान गरेको थियो। औद्योगिक क्षेत्रको १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अंक ल्याउनु पर्नेछ।  ९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ। परीक्षामा उत्तिर्ण ९ हजार ६५४ मध्ये औद्योगिक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषिमा २ हजार ७ सय ४१ कामदार लैजाने छ।

परीक्षार्थीको विवरण पठाएपछि कोरियाले परीक्षाको सेड्युल पठाउनेछ। सेड्युल आइसकेपछि परीक्षा मिति सार्वजनिक गरिनेछ। इपीएस शाखाका अनुसार परीक्षा अनलाइन माध्यमबाट हुनेछ। ट्याब्लेटको माध्यमबाट परीक्षा गरिन्छ। शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ। यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरेका थिए।

सरकारले कोरियामा बसेर आएकाहरूका लागि भाषा परीक्षा पुसमा गरेको थियो । कमिटेड कामदारलाई लैजान थालेपछि नियमित प्रक्रिया अगाडि बढाएको थियो। भाषा परीक्षा नभएमा कोरियाबाट नेपालले पाउने कामदारको कोटा गुम्न सक्ने चेतावनी पाएको थियो।  हाल करिब ६ हजार कामदार  कोरिया जाने पर्खाइमा रहेका छन्। 

श्रम स्वीकृति प्राप्तगरी ६५ हजार बढी नेपाली कामदार कोरिया पुगिसकेका छन्। सन् २००७ देखि वैधानिक रूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन्। सन् २०२० को मार्चदेखि कोभिड–१९ का कारण नेपाली कामदार जान पाएका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.