|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्।  उनी  जेठ २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने भारतीय सरकारले योजना बनाइरहेको भारतीय अखबार द हिन्दूले जनाएको छ।

स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।’

मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ। तर नेपालको तर्फबाट यसबारे कुनै जानकारी दिइएको छैन्।  एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए। 

नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन्। स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन्। 

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए। २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए।

नेपाल भ्रमणपछि उनी जापानको भ्रमणमा जाने कार्यतालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.