|

काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। 'स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र' जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैकाे सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गर्छन्। 

दिवसकै अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्। शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताएका हुन् । 'प्रेस जगतको यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु', उनले भनेका छन्, 'नेपाली सञ्चारजगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.