|

काठमाडौं : उपत्यका र प्रदेश १ का एक\दुई स्थानमा बिहानै वर्षा भएको छ। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। 

दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई  स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै साँझपख प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी केही भू–भागमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू–भागमा पनि मौसम बदली रहने छ। 

नेपालमा यतिवेला तीनवटा मौसमी प्रणालीको प्रभाव छ। स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । यी मौसमी प्रणालीको प्रभाव पर्सिसम्म रहने मौसमविद् श्रेष्ठले बताए। 

बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस मापन भएको महाशाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.