|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन्।

बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए।

उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए। महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे।

उनले भने,  ‘अहिले आइजिपिको नियुक्ति जुन सरकारले गरेको छ। त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आइजिपी माथि जुन आरोप लागेको छ। मानव अधिकार उल्लंघनकर्ताको रुपमा उनीमाथि आरोप लागेको छ।

कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो २०६५ सालमा। त्यसबेला आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो। जागरुक गराएको थियो। सिफारिस पनि गरेको थियो। लगभग अहिले हामी अनुसन्धान गर्दैछौँ। फाइलहरु हेरिरहेका छौँ। र यहाँहरुलाई पनि आग्रह के गर्न चाहन्छु भने यो पनि एक किसिमको राज्यको सत्ताको दुरुपयोग भयो। यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरि केही न केही गम्भीर मानव अधिकारको प्रश्न पनि हो। यहाँहरू सबैले त्यसमा अरु थप अनुसन्धान गर्न म आव्हान पनि गर्छु।’

उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आह्‍वान गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.