|

सुर्खेत : जाजरकोट जिल्लाको कुशे गाउँपालिका ९ जुर्गेमा गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु बीच झडप भएको छ।

झडप साम्य मार्न प्रहरीले हवाइ फायर गर्नुपरेको छ।

माओवादी र समाजवादीका १०० भन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यकर्ताहरूको बीचमा गएराति पौने २ बजे झडप भएको हो। चुनावी प्रचार प्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।​

झडपलाई कम गर्न खोज्दा प्रहरी माथि नै ढुंगामुढा गरेकाले प्रहरीले १ राउण्ड हवाइ फायर समेत गरेको थियो।

झडपमा परी कांग्रेसका कुशे ९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले बताएको छ। स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए।

दुर्गम ग्रामीण भेगमा घटना भएकाले फोन सम्पर्क गर्न पनि कठिन भएको र सबै विवरण आउन समय लाग्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.