|

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ। 

११ खेलबाट १२ अंकजोडेको बैंगलोरले अंक तालिकाको शीर्ष ४ मा स्थान बनाएको छ। बैंगलोरले चेन्नईविरुद्ध सन् २०२० पछि पहिलो पटक जित निकालेको हो। पुनेमा भएको खेलमा चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो।  

बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोड्यो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२, कप्तान फाप डुप्लेसीसले ३८, विराट कोहलीले ३० तथा दिनेश कार्तिकले नटआउट २६ रन बनाए। ​ चेन्नईका लागि महिश तिक्षाणाले तीन विकेट लिए भने मोइन अलिले दुई विकेट झारे। 

जवाफी व्याटिङमा उत्रिएको चेन्नईले पूरै ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र जोड्न सक्यो। चेन्नईका लागि डेभोन कोनवेले ५६ रनको अर्धसतकीय पारी खेले। बैंगलोरका लागि हर्षल पटेलले तीन, ग्लेन म्याक्सवेलले दुई तथा शाहबाद अहमद, जोस ह्याजलवुड तथा वानिन्दु हसरंगाले एक–एक विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.