|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरलगायत देशभर नै गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेको छन्। 

भरतपुरको आमसभामा सहभागी हुन जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ। उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता हुन्छ, फैसला जनताका हातमा छ।’ 

उनले स्वतन्त्र उम्मेदवारलाई फकाउनेभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्नुपर्नेमा जोड दिए। निर्वाचन जित्न गठबन्धनलाई असहज नभएको दाबी गरे।
 भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन्। गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ। 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू चितवन पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.