|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेतर्फ संकेत गर्दै अझै प्रतिगमन बलियो भएको बताएका छन्।

काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन यो बुझिराख्नुस्, उनले भने, प्रतिगमन एक्लै छैन, उ अहिले पनि शक्तिशाली छ।’ 

गठबन्धनमा देखिएको खटपटले पनि कमजोर बनाएको उनको संकेत थियो। अहिले राष्ट्रिय जनमोर्चाले प्रतिगमनकारी दलसँग नगरेको तर गठबन्धनका अरु दलले उनीहरुसँग तालमेल गरेको उनले बताए। 

गठबन्धन भित्र पार्टीकै निर्णय कार्यान्वयन गर्न समस्या भइरहेको भन्दै उनले भरतपुरमा त्यसकै उपज देखिएको बताए। 

सम्बोधनको सुरुमै केसीले आफू कसैलाई खुसी पार्न 'जय नेपाल' र 'लाल सलाम' नभन्ने भन्दै 'अभिनन्दन' गर्छु भने। ‘अभिनन्दन भनेपछि सबै समेटियो’ उनले थपे।

उनले गठबन्धनका उम्मेदवारलाई इमानदार रुपमा सहयोग गर्ने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.