|

काठमाडौं : क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। 

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.