|

काठमाडौं : श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ। 

 श्रीलंकका राष्ट्रपति गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन्।

राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन्। राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन्।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ।

कोरोना महामारीका कारण श्रीलंकाको अर्थतन्त्र धराशयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.