|

काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै चुस्त बनाउन निर्देशन दिएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित ‘भर्चुअल कन्फ्रेन्स’ माउनले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा उच्च सतर्कता र संवेदनशीलतासाथ सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।

‘स्थानीय तह निर्वाचन, निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गराउनु नेपाल प्रहरीको व्यावसायिकता प्रदर्शन गर्ने अवसर हो’, उनले भने, ‘निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुहोला।’

सीमावर्ती क्षेत्रमा हुनसक्ने तस्करी लगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न थप क्रियाशील हुन निर्देशन दिँदै उनले त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउन निर्देशन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.