‘प्रदेश र संघको चुनावसम्मै गठबन्धन लाने संकल्प गरेका छौँ’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गरेको छन्

पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ। निर्वाचन अग्रगमन र प्रतिमगनबीचको संघर्ष चलेको छ।’ 

देशलाई निरंकुशता र अराजकताको भुमरीबाट बचाउन गठबन्धनको जन्म भएको बताए। केपी ओलीले संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटनको प्रयास गरेपछि बाध्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको बताए। 

प्रचण्डले भने, ‘गठबन्धन नबनेको भए प्रतिनिधि सभाको प्रतिगमनको विरुद्ध संघर्ष नगरेको भए देश दुर्घटनामा जाने खतरामा परेको थियो। गठबन्धनविरुद्ध राजावादी र गणतन्त्र विरोधीहरूको गठबन्धन आएको छ। देशमा राजनीतिक दुर्घटनाको खतरा छ। मैले धम्कायो भनेर हल्ला गरेका छन्। मैले गठबन्धन विभाजित भयो भने देशमा राजनीतिक दुर्घटना हुन्छ भनेको हुँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.