|

बागलुङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

पोखरास्थित आयोगको कार्यालयले प्रहरी नायव निरीक्षक महतोविरुद्ध ३८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

महतोले आफ्नो कार्य क्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियारको टोलीले उनलाई वैशाख ६ गते बागलुङ बजारबाट रङ्गेहात पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.