|

डडेल्धुरा : चुनावी प्रचार-प्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्लामा छन्। 

सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले मंगलबार यहाँ आयोजना हुने दुई चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताले पनि सम्बोधन गर्ने जनाइएको छ। 

देउवाले सोमबार गन्यापधुरा–२ बडालको चुनावी सभामासम्बोधन गरेका थिए। त्यसपछि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम आएका हुन्।

देउवा लामो समयपछि गृहजिल्ला पुगेका हुन्। यसअघि उनी गत कात्तिकमा सुदूरपश्चिममा बाढीपहिरो गएका बेला डडेल्धुरा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.