|

राष्ट्रपति गोतावय राजापाक्षले श्रीलंकामा चुलिँदै गएको आर्थिक संकट सामना गर्न सबै जनता एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्रपति राजापाक्षेले सामाजिक सञ्जाल ट्विटरमा यो समय श्रीलंकाले सामना गरिरहेका आर्थिक, सामाजिक र राजनीतिक चुनौतीहरू पार गर्न श्रीलंकालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

'केही समूहले साँघुरो मानसिकता बोकेर श्रीलंकामा विनाशकारी दबाब ल्याउने प्रयास गरिरहेका छन्। यस समूहहरूको प्रयासलाई विफल पार्नमा जोड दिन आग्रह गर्दछु', उनले लेखेका छन्।

श्रीलंकामा आर्थिक संकटले इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभावका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध प्रदर्शन गरिरहेका छन्। यसैबीच, राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका थिए।

प्रदर्शनकारीले राजापाक्षेको घरसहित सत्तारूढ दलका नेताका घरलाई निशाना बनाएर आगजनी गरेका छन्।  राजापाक्ष हाल विदेश पलायन भएका खबर सार्वजनिक भएका छन्। यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.