चार प्रहरीसहित ६ जना घाइते

|

जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। 

दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। 

आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। 

एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.