|
तस्वीर : टेकसिंह धामी

धनगढी : नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर मौन अवधिको अवज्ञा गर्दै गृहजिल्लामा मत मागिरहेको भेटिएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन समयको उल्लंघन गर्दै उनी कञ्चनपुरका मतदातालाई भेटेर माओवादीका लागि भोट मागिरहेकी छन्।

आयोगका अनुसार यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचार गर्न पाइँदैन। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी छन्।

बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन्।

यस विषयमा मगरसँग बुझ्दा बीनाले आफू प्रचारमा नगएको बताइन्। उनले वडाध्यक्षका उम्मेदवारको घरमा खाना खान गएको बताउँदै व्यक्तिगत भेटघाट मात्र गरिएको बताइन्। विरोधीहरूले दुष्प्रचार गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.