|

काठमाडौं : पर्सि शुक्रबार हुने मतदानमा राहदानी( पासपोर्ट) वा लालपुर्जाका आधारमा पनि भोट खसाल्न पाइने भएको छ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना निकालेर मतदाता नामावलीमा नाम भएका मतदाताले राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रको सक्कल प्रतिको आधारमा पनि मतदान गर्न पाउने जानकारी दिएको हो।

राहदानी वा लालपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावलीमा रुजु गरी मतदान गर्न पाउने व्यवस्था मिलाउने सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ।

मतदाता परिचयपत्र नभएकाले नागरिकताको प्रमाणपत्रबाट भोट खसाल्न पाउनेछन्। आयोगले सम्बन्धित मतदान स्थलमा बुधबार र बिहीबार मतदाता परिचयपत्र पनि वितरण गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.