|

काठमाडौं : सफा हिमाल अभियान २०२२ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ। 

नेपाली सेनाका सह-सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। बिहीबार बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका सह-सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेका छन्। आज (बिहीबार) बिहान ६ बजेर ४ मिनेटमा तीनै जनाले ल्होत्सेको सफल आरोहण गरेको नेपाली सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.