|

जनकपुरधाम :  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण स्थानमा मतदान जारी छ।

यस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा सबै स्थलमा मतदान प्रक्रिया जारी रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।

मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेस प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए।

सप्तरीमा २ सय ९७ मतदानस्थल र ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र, धनुषामा ३ सय २३ मतदानस्थल र ५ सय ९३ मतदान केन्द्र, महोत्तरीमा २ सय ५८ मतदानस्थल र ४ सय ९७ मतदान केन्द्र निर्धारण गरिएका हुन।

त्यस्तै, सर्लाहीमा ३ सय १८ मतदानस्थल र ५ सय ९९ मतदान केन्द्र, रौतहटमा २ सय ७६ मतदानस्थल र ५ सय १८ मतदान केन्द्र, बारामा ३ सय ३ मतदानस्थल र ५ सय ४१ मतदान केन्द्र तथा पर्सामा १ सय ६७ मतदानस्थल र ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको हो।

प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी २ जना र मतदान अधिकृतले नियुक्त गरेका स्वयंसेवक ३ जना गरि कुल ९ जना कर्मचारी खटेका छन्। यस हिसाबले प्रदेशका ८ वटै जिल्लामा ४ हजार १ सय ८९ मतदान केन्द्रमा ३७ हजार ७ सय १ कर्मचारी खटेका जानकारी दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.