|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनको लागि मतदान गरेका छन्। 

उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।

आफ्नै घर आँगनमा आफ्नै हातले आफ्नो सरकार बनाउने महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति भएको उनको भनाइ छ। 

२०७२ सालमा संविधान जारी भएपछि दोस्रो स्थानीय तहको निर्वाचनले प्रजातन्त्रलाई सुदृढ र संस्थागत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.