|

काठमाडौं : झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ। सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए।

मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो। घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.