|

काठमाडौं :  विहान सात बजे देखि भइरहको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

आयोगका अनुसार स्थानीय  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छुटफुट घटना बाहेक हालसम्म मतदान शान्तिपूर्वक भइरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्माकाअनुसार  दोलखा, सर्लाही रामेछाप पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवाद कारण हाललाई मतदान स्थगित भएको जानकारी दिए। 

आज ७५२ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्रबाट एकैसाथ मतदान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.