|

काठमाडौं : बिहान सात बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो साढे एक बजेसम्म करिब ४० प्रतिशत मतदान निर्वाचन आयोग कार्यालयले जनाएको छ। 
निर्वाचन आयोगका अनुसार स्थानीय  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटनाबाहेक हालसम्म मतदान ४० प्रतिशत मतदान भइसकेको जनाएको छ।

छिटफुट घटनाबाहेक हालसम्म शान्तिपूर्वक भइरहेको आयोगले जनाएको छ।  आज ७५२ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।

आजको मतदान देशभर शान्तिपूर्ण रुपमा चलिरहे पनि केही स्थानमा झडप भएको छ। केही स्थानमा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको छ। हालसम्म प्राप्त सूचनाका अनुसार ७ जिल्लामा गोली चलेको छ । मतदानका क्रममा दलका कार्यकर्ताहरूबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाइ फायर गरेको हो।

थाहा संवाद दाताहरुले दिएको सूचनाका आधारमा महोत्तरी, सर्लाही, गोरखा, बाजुरा, हुम्ला, धनुषा र सुनसरीमा गोली चलेको हो। महोत्तरीको बलवा नगरपालिका ५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुइ पक्षका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको महोत्तरीका सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.