|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मामा मतदान शुरु भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बिहान मतदान हुन सकेको थिएन। हाल दुवै दलसँग छलफल गरी सहमतिमा ल्याएपछि मतदान कार्य शुरु भएको हो।

पुथाउत्तरगंगा–२ को आधारभूत विद्यालय पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेट देखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ। बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए।

दलीय सहमतिमार्फत मध्यान्ह १२ बजेर ५ मिनेटबाट मतदान शुरु भएको र अहिले धमाधम मतदान भइरहेको ओलीले बताए। हिजो बिहीबार दलहरूका बीचमा विवाद भएको र उक्त विवादका कारण आज दलीय सहमति नजुट्दा ढिलो गरी मतदान शुरु भएको हो। उक्त मतदान केन्द्रमा मतदाता संख्या ४ सय ९२ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.