|

कञ्चनपुर : पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य विना मगरले पुनर्वास नगरपालिका–३ स्थित गोरखनाथ आधारभूत विद्यालयमा मतदान गरेकी छन्। बिहान आठ बजे पूर्वमन्त्री मगरले मतदान गरेकी हुन्।

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो मतदान गरेका छन्।

काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिका–६ कसरौलथित बैजनाथ माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन्।

नौवटै पालिकाका ९२ वटै वडाका लागि कञ्चनपुरमा बिहान ७ बजेदेखि मतदान जारी छ। १३२ निर्वाचन स्थल रहेको कञ्चनपुरमा ३४१ मतदान केन्द्र रहेका छन्।

४७८ पदका लागि दुई हजार १४१ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। निर्वाचनमा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.