|
फाइल तस्बिर

काठमाडौं : काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्र यातायात खुल्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६ बजेदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी गरे पनि अझै केही मतदान केन्द्रमा मतदान भइरहेकाले ७ बजेपछि मात्र सवारीसाधन चलाउन दिन लागेको हो।

ट्राफिक प्रहरीका अनुसार ७ बजेपछि देखि निजी तथा सार्वजनिक सवारीसाधन चलाउन पाइनेछ। स्थानीय तह निर्वाचनको दिन सवारी पास नभएका १२ सय ६९ सवारीसाधन होल्ड गरिएको छ। यो दिउँसो ३ बजेसम्म नियन्त्रणमा लिएको सवारीसाधनको संख्या हो।

होल्ड गरिएको यी सवारीसाधन पनि यातायात सञ्चालनमा आएपछि मात्रै सवारीधनीलाई दिइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.