|

काठमाडौं : गोरखाको भीमसेन थापा गाउँपालिका-२ स्थित ताराखसे मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएकी छन्।

मतदान केन्द्रमा खटिएकी स्वयंसेवक मनिषा थापा घाइते भएकी गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। थापाको तिघ्रामा गोली लागेको छ। उनको अवस्था सामान्य रहे पनि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी गरीएको एसपी खनालले थाहाखबरलाई जानकारी दिए।

मतदानको विषयलाई लिएर कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरूबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। मतदानस्थलभित्रै पसेर कांग्रेस र माओवादी भिड्न थालेपछि बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको एसपी खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.