|

काठमाडाैं : हिमाली जिल्ला मनाङबाट मतगणना सुरू भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए। 

जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरू भएको उनले बताए। 

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। कूल चार हजार ६७ मत खसेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.