|

दाङ : दाङका दश स्थानीय तहमध्ये ८ पालिकाको मतगणना सुरु भएको छ। जिल्लामा लमही नगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका मतगणना भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार सात पालिकामध्ये अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसको अग्रता देखिएको छ। कांग्रेसले लमही नगरपालिकासहित दंगीशरण, बंगलाचुली गाउँपालिका, शान्तिनगर, बबई गाउँपालिकामा अग्रता लिएको छ।

यस्तै, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र गढवा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। 

यस्तै, घोराही उपमहानगरपालिकामा मतगणनाको तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका १७ मा जेठ ३ गते निर्वाचन भएपछि मात्रै मतगणना गरिने भएको छ।

तुलसीपुर उपमहानगरपालिका  १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्युपछि उक्त वडामा जेठ ३ गते निर्वाचन हुने भएको छ। 

शुक्रबार भएको निर्वाचनमा दाङमा ७१.१६ प्रतिशत अर्थात २ लाख ८३ हजार ९८ मत खसेको लुम्बिनी प्रदेश कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। 

दाङमा ४ लाख ३ हजार ६ सय ८३ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.