नासोंमा गठबन्धनकै उम्मेदवारकाे अग्रता

|

मनाङ : हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित भएका छन्। उनले ८६१ मत प्राप्त गरी विजयी भएका हुन्। 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गरे। यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित भएका छन्। उनले ७४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गरे। 

मनाङ ङिस्याङ गाउँपालिकामा कूल तीन हजार ५३५ मतदातामध्ये एक हजार ६५७ मत मात्रै खसेको थियो। 

नासों गाउँपालिकाको मतगणना जारी रहेकोले आज साँझसम्ममा गणना सकिने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। 

उक्त गाउँपालिकाको अध्यक्षमा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको अग्रता कायम रहेको उनले बताए। उपाध्यक्षमा सत्ता गठबन्धनकै नेकपा (माओवादी केन्द्र)को अग्रता कायम रहेको छ। 

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ। कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए। सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो। 

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ। चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ। नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.